नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ ।
बाेर्डले बाेर्डमा रहेकाे लगानीयाेग्य रकम “नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७" को अधिनमा रही १ वर्षको लागि मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे हो ।
बाेर्डले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त 'क' वर्गका इच्छुक वाणिज्य बैंकहरुलाई मंसिर २७ गतेसम्म शिलबन्दी प्रस्ताव बुझाउन अनुराेध गरेको छ ।
लगानी सम्बन्धी अन्तिम निर्णय बोर्डमा रहने सूचनामा उल्लेख गरिएकाे छ ।
बोर्डले प्रकाशन गरेकाे सूचनाः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस