Like us!
Follow us!
Connect us!
Watch us!

नुप्चे लिखु जलविद्युतले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

अर्थ संसार

शुक्रबार, २३ मंसिर २०७९, १५ : ४४ मा प्रकाशित

नुप्चे लिखु जलविद्युतले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

भिजन इनर्जी एण्ड पावर लिमिटेडले प्रवद्धन गरेको ५७.५ मेगावाट जडित क्षमताको “नुप्चे लिखु जलविद्युत आयोजना” ले साधारण सेयर आईपीओ निष्कासन गर्ने भएकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६५ करोड रुपैयाँ बराबरको कुल ६५ लाख कित्ता साधारण सेयर (आफ्नो जारी पूँजीको १० प्रतिशत अर्थात ३२ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र कम्पनीको जारी पूँजीको अधिकतम १० प्रतिशत अर्थात ३२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि) को सार्वजनिक निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौँलाई नियुक्त गरेकाे छ ।

वडा नं.१०, नयाँ बानेश्वर, काठमाण्डौस्थित निष्कासन कम्पनीको रजिष्टर्ड कार्यालयमा आज मङ्सिर २३ गते भिजन इनर्जी एण्ड पावरका तर्फबाट कार्यकारी अध्यक्ष टि.एन. आचार्य तथा एनआइबिएल एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले सम्झौतापत्र हस्ताक्षर गरेका छन ।

“राष्ट्रको समृद्धिको लागि ऊर्जा” भन्ने नाराका साथ विभिन्न पेशाकर्मी र अनुभवी व्यक्तित्वहरु एकजुट भएर भिजन इनर्जी एण्ड पावर लिमिटेड (VEPL) नामक कम्पनीको स्थापना भएको हो । संस्थागत सुशासन तथा संस्कृतिलाई व्यवहारमै उच्च प्राथमिकतामा राख्दै सोही अनुसार अघि बढिरहेको यो कम्पनीले ISO 9001:2015 प्रमाण पत्र समेत प्राप्त गरेको छ । VEPL ले ऊर्जा उत्पादन गर्ने कम्पनीहरुमा लगानी गर्ने (पानी, वायु, सौर्य ऊर्जा, वायो ग्याँस जस्ता वैकल्पिक ऊर्जा श्रोतहरुको प्रयोग गरेर साना वा मझौला आयोजनाहरु मार्फत) र ऊर्जा सम्बन्धित परियोजनाहरु आफै निर्माण गर्ने गर्दछ ।

हाल यस कम्पनीले नुप्चे खोला र लिखु खोलाको पानी प्रयोग गरी रामेछापको उमाकुण्ड गा.पा. वडा नं. १ मा नुप्चे लिखु जलविद्युत आयोजना (५७.५ मेगावाट) निर्माण गरिरहेको छ । आयोजनाको कुल हेड १००३.५० मिटर र डिजाइन डिस्चार्ज 7.11 m3/sec रहेको छ । उच्च हेड भएर यो अवस्थासम्म निर्माण भइरहेको नेपालको यो पहिलो आयोजना हो । विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको यस कम्पनीले विद्युत खरिद–बिक्री सम्झौता, वित्तिय व्यवस्थापन, वातावरणीय प्रभाव मूल्याङ्कन गरिसकेको छ । सरकारी स्वामित्व रहेको Hydroelectricity Investment and Development Company को लगानी रहेको यस कम्पनी निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न दृढतापूर्वक अगाडि बढिरहेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको