Like us!
Follow us!
Connect us!
Watch us!

‘हामीलाई खत्तम भएको देख्न चाहनेको इच्छा पुरा भएन, हामी जहाँ उभिन्छौँ सरकार त्यहीँ बन्छ’

अर्थ संसार

सोमबार, २६ मंसिर २०७९, ०७ : १४ मा प्रकाशित

‘हामीलाई खत्तम भएको देख्न चाहनेको इच्छा पुरा भएन, हामी जहाँ उभिन्छौँ सरकार त्यहीँ बन्छ’

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनको पहिचान ‘आइडेन्टिटी क्राइसिस’मा पर्न थालेको बताएका छन्  । माओवादी  नेताहरूको आचरण, बोली र व्यवहारमा परिवर्तन हुँदा माओवादी हुन् कि होइनन् भनेर चिन्न गाह्रो हुने अवस्था भएको उनको भनाइ छ । 

प्रेस सेन्टर नेपालको आइतबार सम्पन्न केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “हिजो जसरी माओवादी भनेपछि टाढैबाट चिनिन्थ्यो । हाम्रो कपडा, हामीले खाने खाना, हाम्रा नीतिले छर्लङ्गै देखिन्थ्यो यो माओवादी हो भनेर तर अहिले माओवादीले पहिचान नै गुमाउँदै गएजस्तो देखिएको छ ।”

ओवादीलाई  निमिट्यान्न पार्न  धेरै  शक्ति  लागेको  बताउँदै  उनले  यसको  रक्षा  गर्ने  दायित्व  हामी  सबैको  भएको बताए । “सरकारमा आलोपालो हुने भन्ने कुरा स्पष्ट नै छ,” उनले भने, “६० सिटको  कमान्ड  गर्ने  स्थिति  माओवादीसँग छ । हामी जहाँ उभिएका छौँ, सरकार त्यहीँ बन्छ ।” यो निर्वाचन अपेक्षित नभएको बताउँदै उनले खत्तम भएको देख्न चाहने शक्तिले माओवादीलाई कमजोर  बनाउन  खोजे  पनि  स्थिति  त्यस्तो  नभएको जनाए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको