Like us!
Follow us!
Connect us!
Watch us!

अघि बढ्याे अपर तामाकोशीको हकप्रद निष्कासन प्रकृया, बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

सोमबार, २६ मंसिर २०७९, १७ : १९ मा प्रकाशित

अघि बढ्याे अपर तामाकोशीको हकप्रद निष्कासन प्रकृया, बिक्री प्रबन्धक नियुक्त

अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ को अनुपातमा अर्थात (१ कित्ता सेयर बराबर १ कित्ता सेयर) का दरले साबिकका शेयरधनीहरूलाई प्रति सेयर एक सय रूपैयाँ दरले हुने १० कराेड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ ।

कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्ध सेवाको लागि नागरिक लगानी कोषलाई  नियुक्त गरेको छ  । नागरिक लगानी कोष र अपर तामाकोशी हाइड्रोपावर लिमिटेड बीच हकप्रद सेयर निष्कासन तथा विक्री प्रबन्ध सेवा प्रदान गर्नको लागि मंसिर २६ गते दुइ पक्षिय सम्झौता–पत्रमा हस्ताक्षर भएको छ । 

नागरिक लगानी कोषले आफु मुख्य निष्कासन तथा बिक्री प्रवन्धक भई सनराइज क्यापिटल लिमिटेड‚ कमलपोखरीलाई सहनिष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त्त गरेको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको