नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार एकैचाेटी ३ कम्पनीको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ ।
स्टकका अनुसार इष्टर्न हाइड्राेपावर कम्पनी लिमिटेड (EHPL) को ६२ लाख कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि ७२ रूपैयाँ ३३ पैसादेखि अधिकतम २ सय १६ रूपैयाँ ९९ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ ।
यसैगरी, पिपुल्स हाइड्राेपावर कम्पनी लिमिटेड (PHCL) को ३ कराेड २० लाख कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम एक सय रूपैयाँदेखि अधिकतम ३ सय रूपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ ।
त्यसैगरी, श्रृजनशिल लघुवित्त वित्तीय संस्था लिमिटेड (SHLB) को १० लाख ९३ हजार ७ सय ५० कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम ३ सय २ रूपैयाँदेखि अधिकतम ९ सय ६ रूपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस