Like us!
Follow us!
Connect us!
Watch us!

छुट्ला है ! कालिन्चोक दर्शनको आईपीओ भर्ने आज अन्तिम माैका

अर्थ संसार

बुधबार, २८ मंसिर २०७९, १० : ५८ मा प्रकाशित

छुट्ला है ! कालिन्चोक दर्शनको आईपीओ भर्ने आज अन्तिम माैका

कालिन्चोक दर्शन लिमिटेडले मंसिर १४ गतेदेखि निष्कासन गरेकाे आईपीओमा आवेदन दिने आज (मंसिर २८ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । कम्पनीले पहिलाे चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु र वैदेशिक राेजगारीमा गएका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेकाे हाे । 

कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशतले हुन आउने १ करोड २० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १ लाख २० हजार २६० कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानियहरुका लागि र सर्वसाधारणमा जारी गरिने १० लाख ८० हजार कित्ताको १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गरेको हो। 

कति दिने आवेदन ?

यस आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ४९९० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक राेजगारीमा गएका नेपाली लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार ८०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। 

रेटिङ

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्दछ।

कहाँबाट दिने आवेदन ?

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेगा बैंक र सेञ्चुरी बैंकका दोलखाका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको