Like us!
Follow us!
Connect us!
Watch us!

लगानीको अवसर : पुस ७ देखि हालसम्मकै ठूलो म्युचुअल फण्ड बजारमा ल्याउँदै एनआईबिएल एस क्यापिटल

अर्थ संसार

बुधबार, २८ मंसिर २०७९, ११ : ५१ मा प्रकाशित

लगानीको अवसर : पुस ७ देखि हालसम्मकै ठूलो म्युचुअल फण्ड बजारमा ल्याउँदै एनआईबिएल एस क्यापिटल

एनआईबिएल एस क्यापिटल लिमिटेडले पुस ७ गतेदेखि 'एनआईबिएल ग्रोथ फण्ड' नामक नयाँ म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । याे हालसम्मकै ठूलो म्युचुअल फण्ड हो । 

क्यापिटलले याेजना अवधिभर यस योजनाले वार्षिक प्रतिफल (Effective Annual Return) को रुपमा २०.२५ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ । 

सेबाेनबाट “एनआईबिएल ग्रोथ फण्ड” लाई स्वीकृती, हालसम्मकै सबैभन्दा ठूलो म्युचुअल फण्ड

क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १६ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १९ प्रतिशत अर्थात् ३ करोड ४ लाख इकाई कोष प्रवद्धक नेपाल इन्भेष्टमेन्ट बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ । एक प्रतिशत अर्थात् १६ लाख इकाई याेजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडका लागि छुट्याइएकाे छ । त्यसपछी बाँकी रहेको १२ करोड ८० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम एक कराेड ६० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

पुस ७ गतेदेखि निष्कासन हुने याे फण्डमा लगानीकर्ताले छिटोमा पुस १२ गतेसम्म र ढिलोमा पुस २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

काे हाे बिक्री प्रबन्धक ?

यसमा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको