Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको ४० लाख कित्ता सेयर आजबाट बिक्रीमा, कसरी दिने आवेदन ?

अर्थ संसार

बुधबार, २८ मंसिर २०७९, १२ : ३५ मा प्रकाशित

प्रभु बैंकको ४० लाख कित्ता सेयर आजबाट बिक्रीमा, कसरी दिने आवेदन ?

प्रभु बैंक लिमिटेडले आज मंसिर २८ गते बुधबारदेखि ४० लाख कित्ता संस्थापक सेयरहरू बिक्री खुल्ला गरेकाे छ । उक्त सेयरकाे मूल्य प्रतिकित्ता १२६ रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरूले साेही मूल्यलाई आधार मानेर सो वा साे भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनी, अन्य इच्छुक व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले पुस १३ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयरमा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

त्यसैगरी, बैंककाे सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेकाे छ । लगानीकर्ताहरूले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा आइपुग्ने गरी आवेदन फारम बुझाउन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको