Like us!
Follow us!
Connect us!
Watch us!

शिवम सिमेन्ट प्रकरण :इन्साईडर ट्रेडिङ्गको आशंका, धितोपत्र बोर्डले थाल्यो अध्ययन

अर्थ संसार

शुक्रबार, ०१ पुस २०७९, १९ : ३६ मा प्रकाशित

शिवम सिमेन्ट प्रकरण :इन्साईडर ट्रेडिङ्गको आशंका, धितोपत्र बोर्डले थाल्यो अध्ययन

शिवम सिमेन्ट्स संचालक समितिका अध्यक्ष सुरेन्द्र कुमार गोयलको खाताबाट गायब भएको २७,७३,९०० कित्ता सेयर कहाँ गयो भन्ने सम्बन्धमा अर्थसंसारले समाचार लेखेपछि धितोपत्र बोर्डले सो सम्बन्धमा अध्ययन थालेको छ। धितोपत्र बोर्ड स्रोतका अनुसार बोर्डले कमिटि नै गठन गरेर सिमेन्ट प्रकरण सम्बन्धमा अनुसन्धान सुरु गरेको हो।  

शिवम् सिमेन्ट्सका अध्यक्षको खाताबाट २७ लाख कित्ता गायब, कहाँ हरायो सेयर ?

अन्य विभिन्न कम्पनीका संचालकहरुले गरेको अनियमितता सम्बन्धमा अनुसन्धान गरी कारबाहीको प्रकृया अगाडी बढाएको बोर्डले शिवम सिमेन्टका संचालकहरुलाई पनि कारबाही गर्ने तयारी गरेको बुझिएको छ।  

कम्पनीको आईपीओ जारी हुँदाका बखत बहालवाला अध्यक्ष गोयलको स्वामित्वमा ४६,४६,४०० कित्ता सेयर रहेकोमा अहिले १९,०२,५०० कित्ता मात्रै छ। 

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम ३८ १(क) अनुसार संगठित संस्थाको संचालक, कार्यकारी प्रमूख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमामा प्रत्यक्ष रुपमा संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले १ वर्षसम्म सम्बन्धित संगठित संस्था वा सो को सहायक कम्पनीको धितोपत्र खरिद वा बिक्रि गर्न पाईदैन। देहाएका व्यक्तिहरु आफूले मात्र नभई निजहरुका परिवारका सदस्य, परिवारका सदस्यहरुको नियन्त्रणमा रहेका कम्पनी वा फर्म समेत त्यस्तो कार्यमा संलग्न हुन पाईदैन। 

इन्साईडर ट्रेडिङ्गको आशंका 

शिवम सिमेन्टले आर्थिक वर्ष २०७८/७९ मा लगानीकर्ताहरुलाई ठूलो अंकको बोनस सेयर दिने भन्ने हल्ला बजारमा फैलाईएको थियो। शिवमले आईपीओ जारी गर्दा संकलन गरेको ९६ करोड बराबरको प्रिमियम रकम रिजर्भमा राखिएको छ। सो रकमबाट बोनस सेयर मात्रै वितरण गर्न पाईन्छ, नगद लाभांश दिन पाईदैन। त्यसैले यसपाली कम्पनीले बोनस सेयर दिन सक्छ भन्ने आंकलन धेरैले गरेका थिए। तर १०% क्यास डिभिडेण्ड घोषणा हुनु केहि दिन अघिदेखि सेलिङ्ग प्रेसर उच्च देखियो र कम्पनीको सेयरमूल्य ६०० रुपैयाँ प्रतिकित्ता भन्दा तल झर्दै ५५० सम्म आइपुग्यो। यो बिचमा शिवमको ठूलो कित्ता सेयर बिक्रि भएको छ। कम्पनीले आशा गरीएभन्दा निकै न्युन लाभांश घोषणा गर्नु, लाभांश घोषणा गरिनुअघि ठूलो कित्ता सेयर बिक्रि हुनुले इन्साइडर भएको स्पष्ट देखिन्छ। १०% नगद लाभांश घोषणा गरीएपछि कम्पनीको सेयरमूल्य झनै घट्ने आंकलन गरी ठूलो कित्ता सेयर बिक्रि गरिएको देखिएको छ।  

सम्पूर्ण विवरणसहितको समाचार केहि समयपछि अर्थसंसारमा...... 

सुनियोजित रुपमा कसरी खेलिदै छ शिवम सिमेन्टको सेयरमा ? (भिडियो)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको