Like us!
Follow us!
Connect us!
Watch us!

बाराही हाइड्रोको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

अर्थ संसार

आइतबार, ०३ पुस २०७९, ११ : २५ मा प्रकाशित

बाराही हाइड्रोको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

बाराही हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २१ गतेदेखि मंसिर २६ गतेसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (पाैष ३ गते, आइतबार) सम्पन्न भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडकाे कार्यालय, लाजिम्पाट, काठमाडाैँमा सम्पन्न गरिएकाे थियाे । 

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा ५१ हजार ५ सय २२ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । 

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १२ लाख ५८ हजार ४ सय २१ जना लगानीकर्ताहरूले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ६५ हजार ९ सय २७ जनाको आवेदन रद्ध भएको थियाे । बाँकी रहेका ११ लाख ९२ हजार ४ सय ९४ जना योग्य आवेदकलाई बाँडफाँडमा समावेश गराइएकाे थियाे ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गरेकाे थियाे । जसमध्ये ५ प्रतिशत अर्थात २७ हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरी २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियाे । सर्वसाधारणले बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयरका लागि आवेदन दिन सक्दथे ।

कसरी हेर्ने नतिजा ?

कम्पनीकाे आईपीओकाे नतिजा ४ तरिकाबाट हेर्न सकिन्छ । सिडीएसले आईपीओकाे नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट iporesult.cdsc.com.np, बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडकाे वेबसाइट, बाराही हाइड्रोको वेबसाइट र मेराे सेयरमाबाट नतिजा हेर्न सकिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको