Like us!
Follow us!
Connect us!
Watch us!

अन्तर बैंक ब्याजदर ०.९०% मा झर्याे, सीडी रेसियो ८१.६९%

अर्थ संसार

विहीबार, २८ असार २०८०, १२ : ४१ मा प्रकाशित

अन्तर बैंक ब्याजदर ०.९०% मा झर्याे, सीडी रेसियो ८१.६९%

पछिल्लाे समय तरलतामा सुधार देखिँदै गएकाे छ । तरलतामा व्यापक सुधार देखिँदा अन्तर बैंक ब्याजदर पनि आक्रामक रूपमा घट्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे पछिल्लाे तथ्याङ्क अनुसार अन्तर बैंक ब्याजदर ०.९० प्रतिशतमा झरेकाे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार असार २६ गते मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५७ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूकाे कुल कर्जा प्रवाह ४८ खर्ब ५४ अर्ब रूपैयाँ छ ।

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८१.६९ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । अन्तर बैंक ब्याजदर ०.९० प्रतिशतमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको