Like us!
Follow us!
Connect us!
Watch us!

अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा तल झर्यो, निक्षेप बढेको बढ्यै

अर्थ संसार

विहीबार, ०४ असोज २०८०, १९ : ०९ मा प्रकाशित

अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा तल झर्यो, निक्षेप बढेको बढ्यै

राष्ट्र बैंकको पछिल्लो तथ्यांकका अनुसार अन्तर बैंक ब्याजदर तीन प्रतिशत भन्दा पनि न्यून विन्दुमा झरेको छ ।

असोज २ गतेको तथ्यांक अनुसार अन्तरबैंक ब्याजदर घटेर २.९४ प्रतिशत पुगेको छ । अघिल्लो दिन उक्त ब्याजदर ३.०८ प्रतिशत रहेको थियो । बैंकहरुबीच एकापसमा निकै कम समय(ओभरनाइट) का लागि हुने लेनदेनमा लाग्ने ब्याजको सापटी दरका रुपमा रहेको अन्तरबैंक ब्याजदर विगत केही समयदेखि घट्दो दरमा नै रहेको छ । निक्षेपमा निरन्तर वृद्धि हुँदा बैंकहरुले एकापसमा सापटी लिनुपर्ने अवस्था नआउँदा नै अन्तरबैंक ब्याजदर न्यून विन्दुमा पुगेको हो ।

तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप पनि बढेर ५७ खर्ब ४७ अर्ब पुगेको छ । अघिल्लो दिन उक्त निक्षेप ५७ अर्ब ४१ खर्ब रहेको थियो । यसमध्ये कमर्सियल बैंकहरुसँग मात्रै ५० खर्ब ६५ अर्बको निक्षेप रहेको छ । कमर्सियल बैंक बाहेकका वित्तीय संस्थासँग भने ६ खर्ब ८२ अर्बको निक्षेप रहेको छ ।

निक्षेप निरन्तर बढीरहँदा कर्जा प्रवाह भने कमजोर रहेको तथ्यांक देखिएको छ । असोज २ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ४९ खर्ब १३ अर्ब रहेको छ । कर्जा प्रवाह खुम्चिएसँगै सिडि रेसियोमा पनि सुधार आएको छ । पछिल्लो तथ्यांक अनुसार सिडि रेसियो पनि झरेर ८२.४७ प्रतिशत पुगेको छ ।

बैंकहरुले स्थानीय तहको करिब ६० अर्ब रुपैयाँ निक्षेपका रुपमा देखाउने सुविधा पाउँदा सिडि रेसियो ह्वात्तै घटेको थियो । तर कर्जा विस्तार नहुँदा पनि केही बैंकहरुले निक्षेपमा ब्याज बढाउँदा सिडि रेसियोमा थप सुधार आएको अनुमान गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको