Like us!
Follow us!
Connect us!
Watch us!

सिडि रेसियो ८१.०५ प्रतिशतमा झर्यो, निक्षेपमा लगातार सुधार

अर्थ संसार

विहीबार, ०७ मंसिर २०८०, १७ : ५२ मा प्रकाशित

सिडि रेसियो ८१.०५ प्रतिशतमा झर्यो, निक्षेपमा लगातार सुधार

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कर्जा निक्षेप अनुपात ८१.०५ प्रतिशतमा झरेको छ ।

मङ्सिर ५ गतेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुको सिडि रेसियो ८१.०५ विन्दुमा झरेको हो । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुसँग ५९ खर्ब ३५ अर्ब निक्षेप रहेको छ भने ४९ अर्ब ७६ खर्ब कर्जा प्रवाह भएको छ । कुल निक्षेप मध्ये वाणिज्य बैंकहरुसँग ५२ खर्ब ४८ अर्ब निक्षेप रहेको छ भने बाकिँ विकास बैंकलगायत वित्तीय संस्थासँग ६ खर्ब ८७ अर्ब निक्षेप संकलन रहेको छ ।

कर्जातर्फ वाणिज्य बैंकले मात्रै ४४ खर्ब तीन अर्ब प्रवाह गरेका छन् भने बाकिँ विकास बैंकलगायत वित्तीय संस्था ५ खर्ब ७३ अर्ब कर्जा प्रवाह गरेका छन् । अन्तर बैंक ब्याजदर पनि घटेर २.२८ प्रतिशतको विन्दुमा पुगेको छ । ९० प्रतिशत सिडि रेसियो कायम गर्ने हो भने अहिले करिब साढे ३ खर्ब रुपैयाँ तरलता बैंक तथा वित्तीय संस्थामा उपलब्ध रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको