Like us!
Follow us!
Connect us!
Watch us!

८२ प्रतिशतभन्दा पनि तल झर्यो सिडि रेसियो

अर्थ संसार

शुक्रबार, १९ असोज २०८०, ११ : ०० मा प्रकाशित

८२ प्रतिशतभन्दा पनि तल झर्यो सिडि रेसियो

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कर्जा निक्षेप अनुपात ८२ प्रतिशत भन्दा पनि तल झरेको छ ।

असोज १७ गतेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुको सिडि रेसियो ८१.९१ विन्दुमा झरेको हो । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुसँग ५८ खर्ब २३ अर्ब निक्षेप रहेको छ भने ४९ अर्ब ३८ खर्ब कर्जा प्रवाह भएको छ । कुल निक्षेप मध्ये वाणिज्य बैंकहरुसँग ५१ खर्ब ४३ अर्ब निक्षेप रहेको छ भने बाकिँ विकास बैंकलगायत वित्तीय संस्थासँग ६ खर्ब ८१ अर्ब निक्षेप संकलन रहेको छ ।

कर्जातर्फ वाणिज्य बैंकले मात्रै ४३ खर्ब ७४ अर्ब प्रवाह गरेका छन् भने बाकिँ विकास बैंकलगायत वित्तीय संस्था ५ खर्ब ६५ अर्ब कर्जा प्रवाह गरेका छन् । अहिले अन्तर बैंक ब्याजदर पनि घटेर २.५२ प्रतिशतको विन्दुमा पुगेको छ । कर्जा विस्तारमा कमी आउँदा अर्थतन्त्र चलायमान हुन नसकेको गुनासो आएपछि हिजो मात्र राष्ट्र बैंकले एकीकृत निर्देशन मार्फत सेयर धितो, घरजग्गा लगायत कर्जामा केही खुकुलो पारेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको