Like us!
Follow us!
Connect us!
Watch us!

सिडि रेसियो ८० प्रतिशतबाट पनि झर्यो, निक्षेपमा लगातार सुधार

अर्थ संसार

मंगलबार, २४ पुस २०८०, ११ : ३२ मा प्रकाशित

सिडि रेसियो ८० प्रतिशतबाट पनि झर्यो, निक्षेपमा लगातार सुधार

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात ७९.९६ प्रतिशतमा झरेको छ ।

पुस २१ गतेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुको सिडि रेसियो ७९.९६ विन्दुमा झरेको हो । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुसँग ६० खर्ब ८५ अर्ब निक्षेप रहेको छ भने ५० खर्ब ३३ अर्ब कर्जा प्रवाह भएको छ । कुल निक्षेप मध्ये वाणिज्य बैंकहरुसँग ५३ खर्ब ८५ अर्ब निक्षेप रहेको छ भने बाकिँ विकास बैंकलगायत वित्तीय संस्थासँग ६ खर्ब ९९ अर्ब निक्षेप संकलन रहेको छ ।

कर्जातर्फ वाणिज्य बैंकले मात्रै ४४ खर्ब ४९ अर्ब प्रवाह गरेका छन् भने बाकिँ विकास बैंकलगायत वित्तीय संस्था ५ खर्ब ८३ अर्ब कर्जा प्रवाह गरेका छन् । अन्तर बैंक ब्याजदर २.८४ प्रतिशतको विन्दुमा रहेको छ । ९० प्रतिशत सिडि रेसियो कायम गर्ने हो भने अहिले साढे ३ खर्ब रुपैयाँभन्दा बढी तरलता बैंक तथा वित्तीय संस्थामा उपलब्ध रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको