Like us!
Follow us!
Connect us!
Watch us!

NMB काे ८.२५% लाभांश खाने की नखाने ? अन्तिम निर्णय आज

अर्थ संसार

विहीबार, ०७ पुस २०७९, ११ : २५ मा प्रकाशित

NMB काे ८.२५% लाभांश खाने की नखाने ? अन्तिम निर्णय आज

एनएमबि बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (पुस ७ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस ११ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । सरकारले पुस १० गते क्रिसमस डेकाे अवसरमा सार्वजनिक बिदा दिने भएकाले आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको २७ औँ वार्षिक साधारणसभा पुस २५ गते बिहान ९ बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान, काठमांडौमा संचालन गरिनेछ ।

सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ८.२५ नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित हुनेछ । त्यस्तै सभाले मर्जर तथा एक्विजिसन प्रक्रिया अगाडी बढाउन संचालक समितीलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको