Like us!
Follow us!
Connect us!
Watch us!

साताभरमा १५.३९ अंक घट्यो नेप्से, लाभांस घोषणाको वर्षात

अर्थ संसार

शनिबार, ०९ पुस २०७९, १२ : २७ मा प्रकाशित

साताभरमा १५.३९ अंक घट्यो नेप्से, लाभांस घोषणाको वर्षात

यो साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक ०.०१ अंकले घटेर १८६७.२१ विन्दुमा बन्द भएको छ  । यो भन्दा अघिल्लो साता नेप्से परिसूचक १८८२.६० रहेको थियो जुन यस साता १५.३९ विन्दु साताभरमा घटेको देखिन्छ। 

गएको साता झैँ यो साता पनि लगानी गरेर बसेका लगानीकर्तालाई निराश नै बनाएको छ।  ब्याजदर नघट्नु , कसको सरकार बन्ने अन्योलताका बिच लगानीकर्ताहरु पर्ख र हेर नीतिमै रहेको देखियो। गएको सातामा दर्जनौ कम्पनीले लाभांस घोषणा पनि गरे। 

यो साताको प्रमुख समाचार :

मुक्तिनाथ विकास बैंकले गर्याे लाभांश घाेषणा

बैंकको पुस १ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७१०५  प्रतिशत नगद गरी कुल १४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको गर्यो। 

महालक्ष्मी विकास बैंकले गर्याे लाभांश घाेषणा

बैंककाे पाैष १ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ४ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि समेत गरी ६.४७ प्रतिशत नगद गरी कुल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्यो। 

मञ्जुश्री फाइनान्सले लाभांश वितरण नगर्ने

कम्पनीकाे पाैष १ गते, शुक्रबार बसेको सञ्चालक समितिको  बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई कुनै पनि प्रकारकाे लाभांश वितरण नगर्ने निर्णय गर्यो। ​

सामुदायिक लघुवित्त र विपिडब्लु लघुवित्तबीच मर्जर सम्झौता

सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड र विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्झौता भयो । यी दुई संस्थाबीच पाैष १ गते, शुक्रबार मर्जरको लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरे। 

फरवार्ड माइक्रोफाइनान्सले गर्याे लाभांश घाेषणा

आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा भयो। 

हिमालयन बैंकले गर्याे लाभांश घाेषणा

आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ८ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि समेत गरी ११.११ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ। 

सिभिल बैंकले गर्याे लाभांश घाेषणा

 आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्यो ।

पोखरा फाइनान्सले गर्याे लाभांश घाेषणा

आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश गरि ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्यो। ​

एनआईसी एशियाले लाभांश नबाँड्ने

आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। 

मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा

लघुवित्तको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ सहित १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। 

गुहेश्वरी मर्चेन्टको लाभांश रुपमा बोनस घोषणा

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले हुन आउने ६ करोड ६५ लाख २८ हजार रुपैयाँ बराबरको बोनस सेयर तथा सोको कर प्रयोजनार्थ ०.३७ प्रतशितका दरले हुन आउने ३५ लाख १ हजार ४७३ रुपैयाँ ६८ पैसा बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गर्यो। 

सिन्धु विकास बैंकले याे पाली पनि लाभांश वितरण नगर्ने

सिन्धु विकास बैंक लिमिटेडले याे पाली पनि सेयरधनीहरुलाई कुनै प्रकारकाे लाभांश वितरण नगर्ने निर्णय गर्यो। 

साधना लघुवित्तकाे लाभांश घाेषणा, सेयरधनीलाई बाेनस पनि नगद पनि

सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश  वितरण गर्ने घाेषणा गर्यो। ​

महुली लघुवित्तले एफपीओ निष्कासन गर्ने

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकाे एफपीओ निष्कासन गर्ने प्रकृया अघि बढेकाे छ ।संस्थाले ४ लाख १६ हजार एक सय ४७ कित्ता सेयर निकट भविष्यमा प्रिमियम मूल्यसहित सर्वसाधारणहरुमा नयाँ निष्कासन (एफपीओ) जारी गर्नका लागि सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाण्डौंलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।उक्त कार्यको लागि एक कार्यक्रमकाबीच महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले द्धिपक्षिय सम्झौतापत्रमा हस्ताक्षर  गरीएको छ  ।

सेन्ट्रल फाइनान्सको लाभांश घोषणा, गत वर्षकाे भन्दा घट्याे

सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गर्यो।  ।कम्पनीको पाैष ३ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेको थियो। उक्त लाभांश अघिल्लाे वर्षकाे तुलनामा घटेकाे हाे ।  २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिएकाे थियाे ।

बुटवल पावरको लाभांश घोषणा : सेयरधनीलाई बाेनस भन्दा नगद बढी

बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गर्यो। 

सीवाईसी नेपाल लघुवित्तले गर्यो लाभांश घोषणा

 सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद गरी कुल ३१.५८ प्रतिशत लाभांश  वितरण गर्ने घाेषणा गर्यो। 

अघिल्लाे वर्ष १३.५२६ प्रतिशत लाभांश खुवाएकाे मल्टीपर्पसले याे वर्ष लाभांश नदिने

सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे वित्तीय विवरण पारित गर्यो । साेही बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई कुनै पनि प्रकारकाे लाभांश वितरण नगर्ने निर्णय गर्यो। 

एनआईबिएल एस क्यापिटलकाे हालसम्मकै ठूलो म्युचुअल फण्ड  खुल्याे

एनआईबिएल एस क्यापिटल लिमिटेडले आज पुस ७ गतेदेखि 'एनआईबिएल ग्रोथ फण्ड' नामक नयाँ म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ । याे हालसम्मकै ठूलो म्युचुअल फण्ड हो । 

मिर्मिरे लघुवित्तले गर्यो लाभांश घोषणा

सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २३ प्रतिशत बोनस सेयर वितरण गर्ने घाेषणा गर्यो। ​

आईसिएफसी फाइनान्सको लाभांश घोषणा

सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरि १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। ​

नेरुडे लघुवित्तको लाभांश घोषणा

कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई २२ प्रतिशत बोनस सेयर र १.१५ प्रतिशत नगद लाभांश गरि २३.१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

कालिका पावरको लाभांश घोषणा

कम्पनीको पुस ६ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। 

नेपाल टेलिकमको लाभांश घोषणा

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई ४० प्रतिशत नगद लाभांश मात्र वितरणको प्रस्ताव गरेको छ । गत बर्ष कम्पनीले पहिलो पटक नगद सहित बोनश सेयर समेत वितरण गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको