Like us!
Follow us!
Connect us!
Watch us!

सानो मन्त्रीमण्डलसहित प्रचण्डको सपथ आज, अर्थमन्त्रीमा विष्णु पौडेल

अर्थ संसार

सोमबार, ११ पुस २०७९, ०७ : २१ मा प्रकाशित

सानो मन्त्रीमण्डलसहित प्रचण्डको सपथ आज, अर्थमन्त्रीमा विष्णु पौडेल

नेकपा एमाले सहित ७ दलको समर्थन पाएका नेकपा माओवादी(केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार प्रधानमन्त्रीको सपथ लिने भएका छन् । प्रधानमन्त्रीसँगै केही मन्त्रीले सोमबार नै सपथग्रहण गर्ने सम्भावना रहेको छ ।

पहिलो चरणमा माओवादी र एमालेबाट मात्र केहि मन्त्रीलाई सपथ गराउने तयारी गरिएको छ । अब संकटमा रहेको अर्थतन्त्रलाई जोगाउन अर्थमन्त्रालयको नेतृत्वमा को आँउछ भन्ने बिषय पनि सर्वाधिक चासोका रुपमा हेरिएको छ । 

आज प्रचण्डसहित अर्थमन्त्रीमा नेकपा एमालेका नेता विष्णु पौडेलले सपथ लिन सक्ने स्रोतको दावी छ । प्रचण्ड सरकारमा पार्टीका सिनियर नेताको नेतृत्वमा सरकारमा जान्छ सम्भवत त्यसको नेतृत्व विष्णु पौडेले जी ले नै गर्नुहुन्छ, वहाँ उपप्रधानसंहित अर्थमन्त्री बन्ने संभावना अधिक छ एक एमाले नेताले भने । 

पौडेल केपी ओलीको पछिल्लो सरकारमा छोटो समय उपप्रधानमन्त्री बनेका थिए भने सोही कार्यकालमा करिब ९ महिना अर्थमन्त्री बनेर सफल अर्थमन्त्रीको रुपमा बाहिरिएका थिए । पौडेलले सरकारमा जान शीर्ष नेतृत्वसमक्ष अनिच्छा देखाएको समेत बताइन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको