Like us!
Follow us!
Connect us!
Watch us!

भर्खरै आईपीओ निकालेको इष्टर्न हाइड्रोको साधारण सभामा यी एजेन्डा पारित हुँदै

अर्थ संसार

सोमबार, ११ पुस २०७९, ११ : २७ मा प्रकाशित

भर्खरै आईपीओ निकालेको इष्टर्न हाइड्रोको साधारण सभामा यी एजेन्डा पारित हुँदै

इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे पाैष ८ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे छैठाैँ वार्षिक साधारण सभा पाैष ३० गते, शनिबार हाेटेल हार्दिक, बागबजार, काठमाडाैँमा बिहान ८ बजेदेखि सुरू हुनेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।

यसका साथै, सभामा कम्पनीकाे सञ्चालक समितिमा १ जना अनिवार्य महिला सदस्य रहने गरी कम्पनीकाे नियमावली संशाेधन गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष २० गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको