Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीको निर्देशनपछि विदेशबाट ल्याउने मोबाइलमा यसअघिकै व्यवस्था कायम

अर्थ संसार

शुक्रबार, १५ पुस २०७९, ११ : ५६ मा प्रकाशित

प्रधानमन्त्रीको निर्देशनपछि विदेशबाट ल्याउने मोबाइलमा यसअघिकै व्यवस्था कायम

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को निर्देशनपछि विदेशबाट फर्किने यात्रुले ल्याउने मोबाइलमा यसअघिकै व्यवस्था कायम भएकाे छ । सरकारले विदेशबाट उपहारमा मोबाइल ल्याउँदा भन्सार विन्दुमा प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था तत्कालका लागि स्थगित गरेको हाे ।

भन्सार विभागले विमानस्थल भन्सार कार्यालयलाई आजबाट जारी गर्ने भनिएको त्यस्ता प्रज्ञापनपत्र जारी नगर्न निर्देशन दिएको छ । यसअघि आजदेखि विदेशबाट आउनेहरुले आफ्नो प्रयोगमा रहेको एउटा मोबाइल स्वघोषणा गरेर निःशुल्क प्रज्ञापनपत्र लिने र दोस्रो मोबाइलको भन्सार शुल्क तिरेर मात्रै प्रज्ञापनपत्र लिने व्यवस्था कार्यान्वयन गरिने भनिएकाे थियाे ।

सरकारले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण प्रयोगमा ल्याउँदै विदेशबाट आउने मोबाइल नेपालमा दर्ता गर्नका लागि भन्सार विन्दुमा प्रज्ञापनपत्र दिने व्यवस्था गरेको थियो । तर अब प्रधानमन्त्री प्रचण्डकाे निर्देशनसँगै विदेशबाट फर्किंदा नेपालीहरुले ल्याउने अतिरिक्त एउटा नयाँ मोबाइल सेटमा भन्सार नलाग्ने भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको