Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तद्वारा नि:शुल्क सिपमूलक तालिम सम्पन्न

अर्थ संसार

विहीबार, २१ पुस २०७९, १७ : ३९ मा प्रकाशित

आशा लघुवित्तद्वारा नि:शुल्क सिपमूलक तालिम सम्पन्न

आशा लघुवित्त वित्तीय संस्थाले मंसिर ७ गतेदेखि पौष २० गतेसम्म संस्थाको मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेश अन्तर्गतको २१ वटा शाखा कार्यालयहरु मार्फत २ दिने सीपमूलक तालिम सञ्चालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालयहरुमा आवद्ध सदस्यहरुमध्ये १,०८५ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ, झोल साबुन, अचार, स्याम्पु, ह्यान्डवास, टिका विन्दी, चुरा गहना, कुसन तथा भाडा माझ्ने सावुन बनाउने तालिम प्रदान गरेको होे । 

वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएका उक्त तालिमबाट सहभागीहरुले कम लागतमा विभिन्न सामानहरु उत्पादन गर्ने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालसम्म यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ३,७८५ जना विपन्न महिलाहरुलाई यस प्रकारका निशुल्क सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट सञ्चालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे । साथै यस कार्यक्रम पश्चात सदस्यहरुको लघुव्यवसायमा वृद्धी भई उक्त क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरता तर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको