Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे जलविद्युतको साधारणसभा आज, के-के छन् प्रस्ताव ?

अर्थ संसार

शुक्रबार, २२ पुस २०७९, ०६ : ४८ मा प्रकाशित

चिलिमे जलविद्युतको साधारणसभा आज, के-के छन् प्रस्ताव ?

चिलिमे जलविद्युत कम्पनी लिमिटेडको छब्बीसौँ वार्षिक साधारण सभा आज पौष २२ गते, शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा(नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष ३ गते बुकक्लोज गरेको थियो त्यसैले, पौष २ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको