नेपाल सन् १९९४ बाट नेपालमा भएको इन्टरनेटको प्रबेश पछि आज सन् २०२३ सम्म आइपुग्दा छोटो अवधिमा सूचना प्रविधिमा उल्लेख्य वृद्धि भयो। सन् २००८ पछि नेपालमा भएको आक्रामक बिस्तार पछि विभिन्न सूचना प्रविधि केन्द्रित कम्पनीहरु स्थापना भए। आज नेपालका सूचना प्राविधिक दख्खल राख्ने युवाहरु विश्वका विभिन्न राष्ट्रहरूमा सेवा प्रदान गरिरहेका छन, भने नेपाली युवाहरुले बनाएका प्लाटर्फम विश्वबजारमा प्रयोगमा आइरहेका छन् भने अन्तराष्ट्रिय प्रतिस्प्रधी सँग प्रतिस्पर्धा गरिरहेका छन्।
इन्टरनेटको विकास र बिस्तार सँगै कार्यको शैलीमा पनि रुपान्तरण देखिँदै गयो। ढड्डा पल्टाएर हुने काम काज हरु इन्टरनेटका माध्यम बाट गरिन थालियो,ढड्डा व्यवस्थापन बाट अहिले सर्भर मेन्टेनसम्म आइपुगेउ सोही अनुसार अन्य कामको प्रकृति परिवर्तन र कार्य शैलीमा पनि रुपान्तरण आउँदै गयो। फूल टायम रोजगारी बाट पार्टटायम रोजगारी हुँदै अहिले फ्रील्यान्सिङ रोजगारी सम्म आइपुगेको छ।
अध्ययनको अनुसार सन् २०२३ सम्म अन्तर्राष्ट्रिय फ्रील्यान्सिङ मार्केट ४५० बिलियन अमेरिकी डलर भन्दा बढी रहने प्रक्षपण गरिएको छ। नेपालमा फ्रील्यान्सिङको प्रचुर सम्भव रहेको छ देखिन्छ। अहिले स्नातक तह अध्ययन गर्ने विभिन्न बिद्यार्थीहरु फ्रील्यान्सिङ गरिरहेका छन्। विश्वव्यापी रूपमा फाइभर, अप वर्क जस्ता प्लाटफर्म निकै लोकप्रिय छन्। नेपालमा फ्रील्यान्सिङकालागि जति इच्छुक छन्, सोही मात्रामा विविध समस्या चुनौतीहरू रहेका छन। अन्तर्राष्ट्रिय प्लार्फममा कार्य गर्नुपर्ने हुँदा पेमेन्ट, क्लाईन्ट तथा वर्क लगायतका समस्या छन। नेपालमा आन्तरिक रूपमा तथा बाह्य रूपमा फ्रील्यान्सिङको विस्तार भइरहेको छ।
अध्ययनसँगै फ्रील्यान्सिङ गर्दै आएका चितवनमा सचित यादवले नेपालमा फ्रील्यान्सिङ प्लार्फमको आवश्यकता पूरा वर्क (Werkk) को सुरुवात गरे । “नेपालमा फ्रील्यान्सिङमा समर्पित पल्यार्फम थिएन, फ्रील्यान्सर हायर गर्न कम्पनीहरु फेसबुकको भर पर्नुपर्ने थियो, फ्रील्यान्सिङ गर्न खोज्ने हरुलाई कसरी गर्ने थाहा थिएन, बाहिरी प्ल्याटफर्म प्रयोग गर्न प्रयोग गर्न जटिल र काम गरेको पेमेन्ट लिन समस्या थिए। फेसबुक बाट फ्रील्यान्सर हायर गर्न फेसबुक विश्वस्त प्ल्याटफर्म हैन, जब दिने हरु काम पूरा हुन्छ हुँदैन भन्नेमा सशंकित रहन्थे। यो समस्या पूरा गर्न नेपालमा अन्तराष्ट्रिय रुपमा बढ्दो रहेको फ्रील्यान्सिङ वर्क कल्चर नेपालमा स्थापीत गर्न वर्क (Werkk) को सुरुवात गरे। ” सचित बताउँछन्।
नेपालमा फ्रील्यान्सिङ गर्नेहरुले भोग्दै आएको समस्या मध्य पेमेन्ट एक हो। नेपालमा फ्रील्यान्सिङ गर्नेहरू सँगै फ्रील्यान्सर खोज्नेहरु पनि उत्तिकै रहेका छन्। बाहिरी प्ल्याटफर्म प्रयोग गरेर नेपाली फ्रील्यान्सरलाई अवसर दिनु भन्दा नेपाली प्ल्याटफर्म प्रयोग गर्दा थप प्रभावकारी हुन्छ। विशेषगरी हामीकहाँ हामीलाई चाइने सिस्टम विदेशीहरुले बुझेका हुँदैनन्, हामीलाई हाम्रो परिस्थिति र परिवेश अनुसारको कार्य र फ्रील्यान्सर चाहिन्छ। हामीले यसलाई विशेष प्राथमिकतामा राखेका छौ। उनी बताउँछन्
उनी थप्छन्, वर्कमा अहिले १००० बढी नेपाली फ्रील्यान्सरहरु जोडिएका छन्। फ्रील्यान्सिङ गर्न चाहनेहरु werkk.tech मा गएर त्यहाँ सहज रूपमा दर्ता गरी आफ्नो सेवा दिन सक्छन्। उनीहरूले आफूलाई भएको क्षमतालाई त्यहाँ लिस्ट गरेपश्चात सो सेवा खोजिरहेका कम्पनीहरु त्यहाँ बाट उनीहर आफ्नो सेवा प्रदान गर्न सक्छन् भने काम दिनेले र लिनेले नेपाली पेमेन्ट गेटवे मार्फत सहज पेमेन्ट गर्न र प्राप्त सक्छन्।
रोजगारीको लागि आवेदन दिन आवश्यक पर्ने CV बनाउन अब्बल अनुष्का, बिजनेस सुरुवातको लागि अपरिहार्य बन्दै गएको डोमेन र होस्तटिङ तथा वेबसाइट बनाउने माध्यम वर्डप्रेसको इन्स्टलेसनको सेवा लामो समय देखि दिँदै आएका समीर, वेब डेभलपमेन्टमा अब्बल सौगात, ग्राफिक्स डिजाइनर पंकज जस्तै धेरै युवाहरू यो प्ल्याटर्फममा जोडिएर सेवा दिँदै आएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस