Like us!
Follow us!
Connect us!
Watch us!

कर्णाली जलस्रोतको साधारण सभा सम्पन्न, साउन पहिलो हप्ता बिजुली बल्ने

अर्थ संसार

आइतबार, २४ पुस २०७९, १० : ४९ मा प्रकाशित

कर्णाली जलस्रोतको साधारण सभा सम्पन्न, साउन पहिलो हप्ता बिजुली बल्ने

कर्णाली जलस्रोत लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार काठमाडौँमा सम्पन्न साधारण सभाले कम्पनीका अध्यक्ष लोकबहादुर राउतले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ ।

साधारण सभामा अध्यक्ष राउतले कर्णाली जलस्रोत लिमिटेडको साहयक कम्पनी हिमालयन वाटर रिसर्च एण्ड इनर्जी डेभलेपमेन्ट कम्पनीमार्फत लगानी भइरहेको माथिल्लो चौरी खोला जलविद्युत आयोजनाको काम तीव्र गतिमा भइरहेको जानकारी दिए । राष्ट्रिय वाणिज्य बैंकको अगुवाईमा कृषि विकास बैंकले समेत लगानी गरेको उक्त आयोजनाबाट अगामी साउन पहिलो हप्ता बिजुली बाल्ने गरी काम भइरहेको राउतले बताए ।

काभ्रेमा निर्माण भइरहेको ६ मेगावाटको उक्त आयोजनाको इलेक्ट्रो मेकानीकल सप्लायर छनोट भई एलसी खोल्ने काम समेत सम्पन्न भइसकेको साधारण सभामा जानकारी दिइएको छ । त्यस्तै हाइड्रो मेकानिकल सप्लाईको लागि एलसी खोल्ने काम अन्तिम चरणमा पुगेको छ भने प्रसारण लाइनको सर्भे लाइसेन्स लिएर प्रतिवेदन तयार भएको र निर्माण अनुमित लिने प्रक्रियामा रहेको हिमालयन वाटर रिसर्च एण्ड इनर्जी डेभलेपमेन्ट कम्पनीका अध्यक्ष जुद्धबहादुर गुरुङले जानकारी दिए ।

उक्त आयोजनामा अनुमानित लागत ११२ करोड रहेकोमा ३५ प्रतिशत लगानी कम्पनीले र बाँकी ६५ प्रतिशत लगानी राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले गरेका छन् ।

त्यसैगरी कर्णाली जलस्रोत लिमिटेडका सेयरधनीकै लगानीमा म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईने मंगले क्षेत्रमा ४.७५ मेगावाटको स्यानो खोला जलविद्युत आयोजनाको काम पनि सुरु गरिएको अध्यक्ष रावतले साधारण सभामा जानकारी दिए । नेपाल विद्युत प्राधिरकणसँग विद्युत खरिद सम्झौता र विद्युत विकास विभागसँग उत्पादन इजाजतको लागि अन्तिम चरणको काम भइरहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

सेयरधनीले राखेको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष रावतले भनेकै समयमै काम सक्ने गरी काम भइरहेको बताउँदै लगानी थप्न अनुरोध समेत गरे । कर्णाली जलस्रोतका ४२१ सेयरधनी पुगेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको