Like us!
Follow us!
Connect us!
Watch us!

पुसभित्रै कर बुझाउनेलाई छुट

अर्थ संसार

आइतबार, २४ पुस २०७९, १४ : ११ मा प्रकाशित

पुसभित्रै कर बुझाउनेलाई छुट

आन्तरिक राजस्व विभागले पुसभित्रै कर बुझाउने उद्योग/साझेदारी फर्मलाई कर छुट दिने भएकाे छ । विभागले करको दायरामा आउने उद्योग/साझेदारी फर्मलाई कर छुटको व्यवस्था गरेको हाे । 

आर्थिक ऐन, २०७९ को दफा २५ अनुसार दर्ता गरेका कुनै उद्योग/साझेदारी फर्मलाई तीन वर्षको आय विवरण र सोमा लाग्ने कर मात्र बुझाएमा सोबापत लाग्ने शुल्क तथा ब्याज मिनाहा गरिने विभागले जनाएकाे छ । दर्ता भएका व्यक्ति/उद्योगले स्थायी लेखा नम्बर लिई आर्थिक वर्ष २०७५/७६, २०७६/७७,२०७७/७८ को आय विवरण र सोमा लाग्ने कर मात्र बुझाएमा सोबापत लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ । 

आय विवरण र कर बुझाएमा सोभन्दा अघिका आर्थिक वर्षको सम्पूर्ण कर दायित्व मिनाहा हुने भन्ने व्यवस्था रहेकाले आन्तरिक राजस्व कार्यालयमा दर्ता गरेका तर स्थायी लेखा नम्बर नलिएका व्यवसायी वा आयआर्जनमा संलग्न अन्य व्यक्तिहरूलाई यो करको छुट सुविधा व्यवस्था गरिएको छ ।

त्यस्तै, याे छुटको सुविधा लिनका लागि पुस महिनाभित्र कर बुझाइसक्नुपर्ने विभागले जनाएको छ ।    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको