Like us!
Follow us!
Connect us!
Watch us!

नझुक्किनुस, इन्भेष्टमेन्ट मेगा बैंकले प्रकाशित गरेको ब्याजदर मात्र तीनदिने  हो

अर्थ संसार

बुधबार, २७ पुस २०७९, १७ : ३८ मा प्रकाशित

नझुक्किनुस, इन्भेष्टमेन्ट मेगा बैंकले प्रकाशित गरेको ब्याजदर मात्र  तीनदिने  हो

साबिकको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज भई नेपाल इन्भेष्टमेन्ट मेगा बैंक भईसकेपछि पौष २७ गतेदेखि लागू हुनेगरी भन्दै बैंकले ब्याजदरको सूचना प्रकाशित गर्यो। माघ महिनादेखि लागू हुनेगरी बैंकले सूचना प्रकाशित गरेको भन्दै यतिबेला सामाजिक संजाल तातेको छ। 

खासमा दुई बैंकहरु मर्ज भईसकेपछि एकीकृत कारोबार सुरु भएको दिन ब्याजदरको सूची प्रकाशित गर्नुपर्ने नियम भएकाले बैंकले सो सूची प्रकाशित गरेको हो। बैंकका डेपुटी जेनेरल म्यानेजर तुलसीराम पोखरेलका अनुसार बैंकले पुष २९ गते माघ महिनाका लागि लागू हुने गरी पुन: अर्को सूची प्रकाशित गर्नेछ। 'अहिले हामीलेले एकीकृत कारोबार सुरु गरीसकेपछि बाध्यकारी रुपमा प्रकाशित गर्नैपर्ने भएकाले यो सूची प्रकाशित गरेका हौँ। बैंकर्स संघको निर्णय कस्तो आउँछ सो अनुसार माघ महिनाका लागि ब्याजदर निर्धारण गरिनेछ।' पोखरेलले अर्थसंसारलाई जानकारी दिए।  

हाल प्रकाशित सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२ १३३ % , संस्थागतमा १० १३३% र रेमिट्यान्समा १३ १३३ प्रतिशत ब्याज दिने उल्लेख छ। त्यस्तै बचत खातातर्फ ७ १३३ % देखि ८ १३३ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरिएको छ।  

उता बैंकर्स संघको बैठक बसिरहेको छ। सो बैठकबाट ब्याजदरको विषयमा निर्णय आउने बैंकरहरुले बताएका छन्।  

63bea5a27c66f.png 63bea5a292d3d.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको