Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको साधारणसभा आज, १०० प्रतिशत लाभांश पारित हुने

अर्थ संसार

शुक्रबार, २९ पुस २०७९, ०६ : ५६ मा प्रकाशित

नेप्सेको साधारणसभा आज, १०० प्रतिशत लाभांश पारित हुने

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वार्षिक साधारण सभा आज पुस २९ गते, शुक्रबार, बिहान ११ बजे नेप्से कै कार्यालयमा सुरु हुनेछ ।

सभाले सञ्चालक समिती बैठकले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई १०० प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८र७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९र८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको