Like us!
Follow us!
Connect us!
Watch us!

आज शोक बिदा, सेयर कारोबार समेत नहुने

अर्थ संसार

सोमबार, ०२ माघ २०७९, ०६ : २२ मा प्रकाशित

आज शोक बिदा, सेयर कारोबार समेत नहुने

आइतबार बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिने निर्णय गरेको थियो त्यसैले आज अत्यावश्यक बाहेकका सबै निकायहरुमा सार्वजनिक विदा हुनेछ ।

सरकारले शोक बिदा दिने निर्णय गरेपछि आज सेयर बजारको दोस्रो बजार कारोबार समेत बन्द हुनेछ । सार्वजनिक विदाहरुमा नेपाल स्टक एक्सचेन्ज समेत बन्द हुनेभएकाले आज सेयर कारोबार समेत बन्द हुने छ ।

आइतबार साँझसम्ममा ६८ जनाको शव भेटियो ४ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । सनाखत भएका शव आइतबारमात्रै जिम्मा लगाइने, सनाखत नभएकाको परीक्षण गर्न काठमाडौं पठाइने सुरक्षा अधिकारीहरुले बताएका छन् ।

दुर्घटनामा पाइलट, डाक्टर, पत्रकार, संगीतकर्मी, विदेशी पाहुनादेखि यो देशका सामान्य नागरिकसम्मले ज्यान गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको