Like us!
Follow us!
Connect us!
Watch us!

“सरकार समस्या पहिचानमा केन्द्रित छ, अर्थतन्त्रलाई अब यही अवस्थामा रहन दिनुहुन्न”

अर्थ संसार

विहीबार, ०५ माघ २०७९, ०७ : १७ मा प्रकाशित

“सरकार समस्या पहिचानमा केन्द्रित छ, अर्थतन्त्रलाई अब यही अवस्थामा रहन दिनुहुन्न”

उपप्रधान तथन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूकम्प, नाकाबन्दी र कोभिड महामारी सामना गरेको नेपालको अर्थतन्त्रले एकाएक जोखिम कसरी भोग्नुपर्यो, अहिले सरकार अर्थतन्त्रका खास समस्या पहिचान  गर्नमा बढी केन्द्रित रहेको र त्यसपछि त्यसको समाधानमा दृढ भएर लाग्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमांडौमा आयोजना गरेको अर्थतन्त्रः अबको  बाटो विषयक  छलफल  कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

“सरकार अहिले अर्थतन्त्रको खास समस्या पहिचानमा केन्द्रित छ । अर्थतन्त्रलाई अब यही अवस्थामा रहन दिनुहुन्न भन्ने हाम्रो मान्यता हो” उनले भने । अर्थतन्त्रको अहिलेको अवस्थालाई  गतिशील  बनाउने  गरी सरकार कार्यक्षेत्रमा रहेको उनले बताए । उत्पादन र पुँजीगत खर्च बढाउने, आर्थिक अनुशासन कायम राख्नेजस्ता क्षेत्रमा सरकारले आफ्ना ध्यान केन्द्रित गराएको पनि उनले जानकारी दिए । 

सरकार अभिभावक पनि भएकाले निजी क्षेत्रको विश्वास बढाउने गरी काम गर्ने अर्थमन्त्री पौडेलले बताए तर सरकारका पनि आफ्नै बाध्यता हुने भएकाले त्यस्तो परिस्थितिमा निजी क्षेत्रले बुझिदिनुपर्ने उनको भनाइ थियो । “सरकारले निजी क्षेत्र भएर हेर्नुप¥यो, निजी क्षेत्रले सरकार भएर हेर्नुप¥यो,” उनले भने । त्यस्तै उहाँले सरकार संस्थागत सुधारमा प्रभावकारी र निर्णायक ढङ्गले आउने जानकारी पनि दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको