Like us!
Follow us!
Connect us!
Watch us!

माघ २० सम्म मौद्रिक नीतिको समिक्षा नआउने निश्चित

अर्थ संसार

सोमबार, ०९ माघ २०७९, २० : ३९ मा प्रकाशित

माघ २० सम्म मौद्रिक नीतिको समिक्षा नआउने निश्चित

मौद्रिक नीतिको समिक्षा माघ २० सम्म नआउने निश्चित भएको छ। राष्ट्र बैंकले माघ २० गते सम्म राय / सुझावहरु मागेकाे कारण पनि उक्त मिति सम्म मौद्रिक नीतिको समिक्षा नआउने निश्चित भएको हो। 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको साथै, यसको त्रैमासिक समीक्षा समेत गर्दै आएकोमा आर्थिक वर्ष २०७९ / ८० को मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षाका लागि राय / सुझावहरु मागेकाे छ। 

इच्छुकले आफ्ना रायहरू माघ २० गतेसम्ममा बैंकको आर्थिक अनुसन्धान विभागको इमेल [email protected] मा उपलब्ध गराउन सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको