राष्ट्रिय वाणिज्य बैंक ५७ वर्ष पूरा गरी ५८ औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०२२ साल माघ १० गते राष्ट्रिय वाणिज्य बैंकको स्थापना भएको थियो । बैंकले आज ५८ औं वार्षिकोत्सवकाे अवसरमा विशेष कार्यक्रम आयाेजना गरेकाे थियाे ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पाैडेल प्रमुख अतिथिकाे रहेका उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी पनि उपस्थित थिए । साे कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंककाे हालसम्मकाे महत्वपूर्ण उपलब्धिकाे बारेमा चर्चा गर्दै बैंककाे आगामी याेजनाहरूकाे बारेमा जानकारी गराएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस