Like us!
Follow us!
Connect us!
Watch us!

आउने ६ महिनामा बैंकहरुमा ६०/६५% डिपोजिट थपिन्छ : अध्यक्ष, बैंकर्स संघ

अर्थ संसार

बुधबार, ११ माघ २०७९, १६ : ०६ मा प्रकाशित

आउने ६ महिनामा बैंकहरुमा ६०/६५% डिपोजिट थपिन्छ : अध्यक्ष, बैंकर्स संघ

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरुमा निक्षेप आउने क्रम बढ्दो चरणमा रहेको र चालु आर्थिक वर्षको बाँकी ६ महिनाको अवधिमा पछिल्लो ६ महिनाको तुलनामा अझ धेरै डिपोजिट बढ्न सक्ने देखिएको बताएका छन्। अघिल्ला वर्षहरुको ट्रेन्डलाई हेर्दा अघिल्लो ६ महिनामा ३५ देखि ४०% र माघदेखि असारको अवधिमा ६० देखि ६५% डिपोजिट आउने गरेको पनि उनले बताए। खासगरी पछिल्लो ६ महिनाको अवधिमा सरकारी खर्चको मात्रा बढ्ने भएकाले डिपोजिट बढ्ने गरेको पनि उनले बताएका छन्। पछिल्लो समय कर्जा लगानी निकै सुस्त भएको बताउँदै केसीले राष्ट्र बैंकले लिएको १२.६% कर्जा विस्तारको लक्ष्य पूरा हुनेमा शंका व्यक्त गरेका छन्। बैंकमा डिपोजिट बढ्दै जाने तर कर्जाको माग अपेक्षित रुपमा बढ्न नसक्ने हो कि भन्ने चुनौती रहेको पनि उनको भनाई छ। 

हिजो नेपाल बैंकर्स संघले पत्रकारहरुसंग अन्तरक्रियात्मक कार्यक्रम राखेको थियो। सो कार्यक्रममा बैंकर्स संघका पदाधिकारीहरुले मुलुकको पछिल्लो आर्थिक अवस्था र बैंकहरुको पछिल्लो अवस्थाका बारेमा जानकारी दिएका थिए। 

पत्रकारहरुले राखेका प्रश्नहरुको जवाफ दिने क्रममा केसीले अर्थतन्त्र सुधारोन्मुख रहेकाले आशावादी हुने ठाउँ रहेको तर अलिक सतर्क चाहिँ हुनुपर्ने बताए। विश्वव्यापी आर्थिक मन्दी आउन सक्ने सम्भावनालाई पनि विशेष ध्यान दिनुपर्ने उनको धारणा रहेको छ। आर्थिक मन्दीका कारण पर्यटन क्षेत्रमा संकुचन आउनसक्ने र रेमिट्यान्समा पनि मन्दीको प्रभाव पर्नसक्ने उनले बताए। 

अमेरिकामा २,३% मा जारी गरिएको ऋणको ब्याजदर ७/८% सम्म पुगिसकेको बताउँदै उनले नेपालमा केहि ब्याज बढ्दैमा त्यसलाई निकै ब्याज बढेको रुपमा व्याख्या गरिएको प्रति दुख व्यक्त गरे। पछिल्लो समय आफूहरुले महँगो ब्याजदरमा बजारबाट डिपोजिट लिएका कारण बैंकहरुको बेस रेट नै बढेको हुँदा कर्जाको ब्याजदर अलिकति बढ्नु स्वाभाविक रहेको उनले बताए। पछिल्लो समय कर्जाको ब्याज निकै महँगो भयो भन्दै आईरहंदा निक्षेपको ब्याजदर घटेकाले बैशाखदेखि बेसरेट घट्न गई कर्जाको ब्याजदर पनि सस्तो हुने उनले बताए। 

दोश्रो त्रैमासमा बैंकहरुको नन पर्फर्मिंग लोन बढिरहेको भन्ने प्रश्नको जवाफ दिंदै उनले अहिलेको जस्तो क्रिटिकल अवस्थामा पनि जुन हिसाबले बैंकहरुले काम गरेका छन् त्यसले गर्दा अन्य दक्षिण एसियाली मुलुकहरुका बैंकिंग इण्डस्ट्रीको तुलनामा नेपाली बैंकहरुको नन पर्फर्मिंग लोन निकै कम रहेको र बैंकिंग इण्डस्ट्रिलाई कसरी अझै सुरक्षित बनाउने र रिस्क म्यानेज गर्दै बिजनेस गर्ने भन्ने कुरामा आफूहरु गम्भीर रहेको पनि उनले बताए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको