Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तिय विवरणः खुद मुनाफा २ अर्ब ८ करोड, अन्य अवस्था कस्तो ?

अर्थ संसार

विहीबार, १२ माघ २०७९, ०७ : २२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तिय विवरणः खुद मुनाफा २ अर्ब ८ करोड, अन्य अवस्था कस्तो ?

नेपाल इन्भेष्टमेन्ट मेगाा बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेड गाभिएपछिको दोस्रो त्रैमाससम्मको एकिकृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

खुद नाफा 

मर्जर पछि बैंकको खुद नाफा २ अर्ब ८ करोड रूपैयाँ पुगेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा २८ प्रतिशतले बढि हो । गत बर्ष बैंकको मुनाफा १ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ रहेको थियो ।

खुद व्याज आम्दानी

मर्जर पछि बैंकको खुद व्याज आम्दानी ४ अर्ब १८ करोड रूपैयाँ पुगेको छ । गत बर्ष बैंकको यस्ताे मुनाफा २ अर्ब ४० करोड ६९ लाख रुपैयाँ रहेको थियो ।

सञ्चालन मुनाफा

दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा २ अर्ब ९८ करोड २४ लाख ४८ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले २ अर्ब ४० करोड ७४ लाख ३० हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

वितरणयोग्य मुनाफा

यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा ९४ कराेड ८४ लाख ८२ हजार रूपैयाँ रहेको छ । 

चुक्ता पूँजी

बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेकाे छ ।

जगेडा कोष

बैंककाे जगेडा कोषमा २३ अर्ब ५९ करोड ४३ लाख रुपैयाँ सञ्चित रहेको छ ।

ईपीएस

बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) १५ रुपैयाँ ६१ पैसा रहेकाे छ । 

नेटवर्थ

बैंककाे प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ९१ पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको