Like us!
Follow us!
Connect us!
Watch us!

TRH को लाभाश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, १७ माघ २०७९, ०६ : ३१ मा प्रकाशित

TRH को लाभाश सुरक्षित गर्ने आज अन्तिम दिन

तारागाँउ रिजेन्सी होटल कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको ८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि माघ १८ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज माघ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् । 

कम्पनीको पौष २६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २६औँ वार्षिक साधारण सभा फागुन ३ गते, बुधबार, नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समतिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई ८.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, सभामा, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको