रवि लामिछानेकाे पार्टी "राष्ट्रिय स्वतन्त्र पार्टी" खारेजीकाे माग गर्दै निर्वाचन आयाेगमा उजुरी परेकाे छ । युवराज पौडेल (सफल) ले राष्ट्रिय स्वतन्त्र पार्टी खारेजी माग गर्दै बुधबार दिउँसो निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन् ।
पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतको संवैधानिक इजलासले अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी दर्ता भएकाेले पार्टी खारेज गर्नुपर्ने उजुरीमा उल्लेख छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस