Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको ऋणपत्रको ब्याज लगानीकर्ताको बैंक खातामा जम्मा, नआए के गर्ने ?

अर्थ संसार

बुधबार, २५ माघ २०७९, १४ : ०७ मा प्रकाशित

नबिल बैंकको ऋणपत्रको ब्याज लगानीकर्ताको बैंक खातामा जम्मा, नआए के गर्ने ?

नबिल बैंक लिमिटेडले आफ्ना लगानीकर्ताहरूको बैंक खातामा ऋणपत्रको ब्याज जम्मा गरेको छ ।

बैंकले बैंकबाट जारी गरिएको "१० प्रतिशत नबिल डिबेन्चर २०८२", "८ प्रतिशत नबिल डिबेन्चर २०८५" र "१०.२५ प्रतिशत एनबीबी डिबेन्चर २०८५” को अर्धवार्षिक ब्याज भुक्तानी गर्नुपर्ने रकम पौष मसान्तमा कायम सम्पूर्ण लगानीकर्ताहरुको बैंक खातामा पठाईएको हाे ।

विविध कारणले ब्याज रकम हालसम्म पनि आफ्नो खातामा प्राप्त नगरेका लगानीकर्ताहरुले आफ्नो हितग्राही खाता (BOID No.) मा बैंक खाता नम्बर अद्यावधिक गराई नबिल बैंक लिमिटेडको डिबेन्चर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल काठमाण्डौंमा सम्पर्क गरी आफ्नो ऋणपत्रको ब्याज बापतको रकम प्राप्त गर्न बैंकले अनुरोध गरेकाे छ ।

साथै, हितग्राही खातामा बैंक खाता नम्बर उल्लिखित बैंकहरुको मर्जर वा एक्युजिशनको कारणले बैंक खाता नम्बर परिवर्तन भएको भए आफ्नो हितग्राही खाता (BOID No.) मा खाता नम्बर अद्यावधिक गराउन बैंकले अनुरोध गरेकाे छ । साथै, E-TDS प्रयोजनको लागि सम्पूर्ण लगानीकर्ताहरुले आफ्नो हितग्राही खातामा स्थायी लेखा नम्बर (PAN) अद्यावधिक गराउन पनि बैंकले अनुरोध गरेकाे छ । 

त्यसैगरी, आफ्नो ऋणपत्र धितो राखेका ऋणपत्रधनीहरुको हकमा ब्याज रकम प्राप्त गर्नको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने बैंकले जनताएकाे छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको