Like us!
Follow us!
Connect us!
Watch us!

तत्काल 'एसेट क्लास' धेरै बढोस् भन्ने पक्षमा राष्ट्र बैंक छैन: कार्यकारी निर्देशक, राष्ट्र बैंक

अर्थ संसार

शुक्रबार, २७ माघ २०७९, १२ : ४० मा प्रकाशित

तत्काल 'एसेट क्लास' धेरै बढोस् भन्ने पक्षमा राष्ट्र बैंक छैन: कार्यकारी निर्देशक, राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जामा लगाईएको १२ करोडको सीमालाई यथावत राखेको छ। राष्ट्र बैंकले अर्धवार्षिक समिक्षामार्फत सो सीमालाई हटाउने वा केहि लचिलो हुने भन्ने अपेक्षा लगानीकर्ताहरुले गरेका थिए। सेयर धितोकर्जाको जोखिम भारलाई १५०% बाट झार्ने भन्ने प्रसङ्गले पनि बजार तताएको थियो। तर सेयर बजारको विषयमा राष्ट्र बैंक प्रवेश नै गरेन । 

मौद्रिक नीति समिक्षा पछि आयोजना गरिएको भर्चुअल पत्रकार सम्मेलनमा राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले हाललाई मार्जिन प्रकृतिका कर्जा ,रियल इस्टेट तथा हायर पर्चेज लगायतका कर्जाहरुमा हाल कायम व्यवस्थाहरुलाई नै यथावत राखिएको बताएका छन्। सर्कुलर मार्फत केहि सम्बोधन होला कि भन्ने पत्रकारहरुको जिज्ञासामा उनले त्यस्तॊ सम्भावना नरहेको बताए।  

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले राष्ट्र  बैंक तत्काल एसेट क्लास (जग्गा, सेयर) को मूल्य धेरै बढोस् भन्ने पक्षमा नरहेको बताए। 'एसेट क्लासको मूल्य धेरै बढ्दा त्यसले माग सिर्जना गर्ने, माग धेरै भयो भने फेरी आयात बढ्ला भन्ने डर, जबसम्म बाह्य अर्थतन्त्र स्थिर हुँदैन तबसम्म हामी संयम हुनुपर्छ,' डा. श्रेष्ठले पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा बताए।  

तरलता सहज हुँदै जाँदा त्यसको प्रभाव ब्याजदरमा पर्ने र सहज रुपमा अहिले कायम १२ करोडकै सिमाभित्रको ऋण लिन सकिने अवस्था मात्रै बने पनि सेयर बजार चलायमान हुने उनले बताए। अर्थतन्त्रका अन्य पाटाहरु सकारात्मक हुँदै गएकाले त्यसको प्रभाव सेयर बजारमा पर्ने बजार सकारात्मक लयमा अघि बढ्ने राष्ट्र बैंकको बुझाई रहेको देखिन्छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको