मोवाईल व्यवसायीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर व्यवसायीहरुले भेटवार्ता गरेका हुन् ।
हालै गोंगबु बसर्पाकमा रहेको ल्होत्से मलमा यातायात मजदुरको आन्दोलनमा भएको पसल तोडफोड र मोवाईल चोरीको घट्नालाई लिएर व्यवसायीहरु प्रधानमन्त्री दाहालको ध्यानाकार्षण गराउन बालुवाटार पुगेका हुन् ।
उक्त क्रममा उनीहरुले ८ करोडको क्षति भएको भन्दै त्यसको पूर्ति भरिदिन सरकारसँग माग गरेका थिए । प्रधानमन्त्री दाहालले उक्त घट्नाबारे दुःख व्यक्त गर्दै आगामी दिनमा यसखालको कुनै क्रियाकलाप दोहोरिन नदिने वाचा गरेका थिए ।उक्त घट्नाको बारेमा छानबिन गर्न समिति गठन भएको भन्दै समितिको प्रतिवेदन सार्वजनिक भएपछि कारबाही प्रक्रिया पनि अघि बढाउने विश्वास प्रधानमन्त्री दाहालले दिलाए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस