पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य अकासिएको छ । हिजो (बुधबार) पाकिस्तान सरकारले पेट्रोलमा २२ रुपिया र हाई स्पीड डिजेलमा प्रतिलिटर १७ रुपिया मूल्य बढाएको हो ।
अब पाकिस्तानी बजारमा पेट्रोलको मूल्य २७२ रुपिया र हाई स्पीड डिजेलको मूल्य प्रतिलिटर २८० रुपिया पर्नेछ । पाकिस्तानी संसद्मा अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)सँगको ऋण सम्झौताबारेको विधेयक पेस भएको केही घण्टामै सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
पाकिस्तानी मुद्रा कमजोर हुँदै गइरहेकाले पेट्रोलियम पदार्थको मूल्य बढाइएको सरकारले जनाएको छ । बिहीबार पाकिस्तानमा १ अमेरिकी डलरको खरिददर २६५ र बिक्रीदर २६७ पाकिस्तानी रुपिया रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस