Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकहरुमा २५ अर्ब निक्षेप थप

अर्थ संसार

विहीबार, ०४ फागुन २०७९, १४ : ५४ मा प्रकाशित

वाणिज्य बैंकहरुमा २५ अर्ब निक्षेप थप

माघ महिनामा वाणिज्य बैंकहरुमा जम्मा २५ अर्ब रुपैयाँ निक्षेप थप भएको छ । नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ अनुसार पुस मसान्तसम्म यी बैंकमा कुल ४७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप रहेकोमा माघ मसान्तसम्म ४७ अर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । 

पुस महिनामा ९५ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो । पुसको तुलनामा माघ महिनामा निक्षेपको वृद्धिमा केही संकुचन देखिएको छ । 

त्यस्तै सो महिनामा कर्जा प्रवाह जम्मा १२ अर्ब बढेको छ । पुस मसान्तसम्म कुल ४२ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा माघ मसान्तसम्म ४२ खर्ब ९० अर्ब पुगेको छ । पुस महिनामा ५४ अर्ब कर्जा बढेको थियो । बैंकहरुको कर्जा निक्षेप अनुपात हाल ८६ प्रतिशत छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको