Like us!
Follow us!
Connect us!
Watch us!

विदेशमा रहेका नेपालीहरूका लागि नेपाल बैंकले ल्यायो विशेष सुविधा, अनलाइनबाटै खाता खोली आईपीओ भर्न सकिने

अर्थ संसार

शुक्रबार, ०५ फागुन २०७९, ११ : ५३ मा प्रकाशित

विदेशमा रहेका नेपालीहरूका लागि नेपाल बैंकले ल्यायो विशेष सुविधा, अनलाइनबाटै खाता खोली आईपीओ भर्न सकिने

नेपाल बैंक लिमिटेडले विदेशमा रहेका नेपालीहरूका लागि विशेष सुविधा ल्याएको छ । बैंकले अनलाइनबाटै खाता खोली आईपीओसमेत भर्न सक्ने गरी नयाँ सुविधा ल्याएको हो ।

तर, आईपीओका लागि आवेदन दिनुभन्दा ठीक छ महिना अघिसम्मको अवधिभित्र न्यूनतम् ५० हजार रुपैयाँसम्मको रेमिटेन्स रकम भने उक्त खातामा जम्मा गरेको हुनुपर्ने बैंकले जनाएको छ । ५० हजार रुपैयाँसम्मको रेमिटेन्स रकम खातामा नभएको खण्डमा आईपीओ भर्नका लागि योग्य नमानिने बैंकले जनाएको छ ।

त्यस्तै बाह्य देशबाट प्राप्त हुने विप्रेषण रकम, रेमिट्यान्स मुद्दती खाताको सावा तथा ब्याज र सरकारी निकायबाट प्राप्त भएको रकम बाहेक अन्य रकम यस्तो खातामा जम्मा गर्न समेत पाइने छैन । 

सम्पूर्ण विवरणको यहाँ क्लिक गर्नुहोस :

https://online.nepalbank.com.np/

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको