Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंक र क्विक फक्सबीच सम्झौता

अर्थ संसार

आइतबार, ०७ फागुन २०७९, १५ : २१ मा प्रकाशित

एभरेष्ट बैंक र क्विक फक्सबीच सम्झौता

एभरेष्ट बैंकले आफ्नो विभिन्न बैंकिंग सेवाहरु प्रदान गर्ने कार्यहरु अटोमेशन गर्नको लागि क्वीक फक्स कन्सल्टीङ प्रालिसँग सम्झौता गरी रोबोटिक प्रोसेस अटोमेशनको यात्रा शुरु गरेको छ। योसँगै रोबोटिक प्रोसेस अटोमेसनको यात्रा सुरु भएको बैंकले जनाएको छ। 

‘एभरेष्ट बैंक निरन्तर रुपमा सबल हुन, प्रतिस्पर्धी रहन र आफ्ना ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्ने सोचका साथ आफ्नो अटोमेसनको यात्रा सुरु गरेको हो’, बैंकले भनेको छ। 
 
बैंकले प्रदान गर्ने सेवाहरुमा रहेका अधिकांश प्रक्रियाहरु दोहोरिने, प्रक्रियागत रुपमा सञ्चालन नहुने र एकै प्रकृतिका समेत हुने भएको र जसलाई पूरा गर्न धेरै मानव संशाधनहरु समावेश गर्नुपर्ने र मानवीय हस्तक्षेपको कारणले गर्दा कतिपय कार्यहरु समेत ढिलो र त्रुटिपूर्ण हुनसक्ने भएकाले बैंकले रोबोटिक प्रोसेस अटोमेशनको यात्रा तय गरेको बैंकले जनाएको छ।  

बैंकका हालसम्म १३ लाखभन्दा बढी ग्राहक छन्। देशैभर बैंकका १२३ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ उपलब्ध छन्। त्यस्तै ३० वटा राजस्व संकलन केन्द्रमा पनि बैंकले सेवा दिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको