Like us!
Follow us!
Connect us!
Watch us!

खल्तीबाट सवारी साधनको किस्ता तिर्दा शतप्रतिशत क्याशब्याक जित्न सकिने

अर्थ संसार

सोमबार, ०८ फागुन २०७९, १७ : ४२ मा प्रकाशित

खल्तीबाट सवारी साधनको किस्ता तिर्दा शतप्रतिशत क्याशब्याक जित्न सकिने

डिजिटल वालेट खल्तीले ‘ईएमआई डन- १०० प्रतिशत रिटर्न’ अफर पुनः ल्याएको छ । यस अफरअन्तर्गत खल्तीमार्फत आफ्नो सवारीको ईएमआई भुक्तानी गर्दा हरेक हप्ता एक जनाले १०० प्रतिशत क्याशब्याक (रु. ५००० को अधिकतम सीमाका साथ) प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यस अफरमा सहभागी हुन खल्ती प्रयोगकर्ताले हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एण्ड इन्भेष्टमेन्ट, स्याकार होन्डा र एमएडब्लू इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडमध्ये कुनै एकको ईएमआई भुक्तानी गर्न सक्नेछन् ।

यो अफर २०८० वैशाख १ गतेसम्म मान्य हुने बताइएको छ, जसमा कुल आठ जनाले शतप्रशित क्याशब्याक जित्न सक्नेछन् ।  

खल्तीमा भएको ईएमआई सुविधालाई व्यापक प्रयोगमा ल्याउन साथै डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न यो अफर पुनः उपलब्ध गराएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको