Like us!
Follow us!
Connect us!
Watch us!

समस्या देखिएपछि सौर्य एयरलाइन्सको जहाज फिर्ता

अर्थ संसार

मंगलबार, ०९ फागुन २०७९, १५ : ३९ मा प्रकाशित

समस्या देखिएपछि सौर्य एयरलाइन्सको जहाज फिर्ता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि आज उड्न लागेको सौर्य एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पार्किङ–वेमै फिर्ता भएको छ । विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको उक्त  जहाजको इन्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको बताइएको छ ।

यात्रु बोर्डिङ पूरा गरी धावनमार्ग नजिकै पुगेको एसएयू ७२१ उडान नम्बरको जहाजमा इन्डिकेटरले समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार जहाजमा के समस्या देखिएको हो भन्ने खुलेको छैन । जहाज अहिले पार्किङ–वेमै छ । 

जहाज कम्पनीका इञ्जिनीयरले उक्त जहाजमा भएको समस्याका विषयमा छानबिन गरी उडानका लागि योग्य भन्ने जानकारी गराएपछि मात्रै उडान अनुमति पाउने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको