नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्मसम्मति भएमा मात्रै आफू राष्ट्रपतिको उम्मेदवार बन्ने बताएका छन् । आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न आएका अध्यक्ष नेपालले पदलोलुप देखिएर राष्ट्रपति नहुने बताएको बुझिएको छ ।
राष्ट्रपतिको विषयलाई लिएर अध्यक्ष नेपाल निरन्तर संवादमा रहेका छन् । उनलाई राष्ट्रपति बनाउन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलेसमेत प्रधानमन्त्री प्रचण्ड समक्ष सिफारिस गरेका छन् । आजको छलफल पछि प्रधानमन्त्री प्रचण्डले नेता नेपालको उम्मेदवारीका बारेमा अन्य दलका शीर्ष नेतासँग पनि छलफल गरेर टुंग्याउने आश्वासन दिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस