Like us!
Follow us!
Connect us!
Watch us!

एमालेको समर्थन फागुण २५ सम्म प्रचण्ड सरकारलाई निरन्तर

अर्थ संसार

शनिबार, १३ फागुन २०७९, १२ : ०० मा प्रकाशित

एमालेको समर्थन फागुण २५ सम्म प्रचण्ड सरकारलाई निरन्तर

नेकपा एमालेको आज (शनिबार ) बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गर्यो।  धेरै को अपेक्षा थियो राष्ट्रपतिको उम्मेदवार घोषणा संगै एमालेले सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउदै प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता गर्ला भनेर।  

तर सचिवालय बैठकले अहिले सरकारलाई दिएको समर्थन फिर्ता गरेन।  कम्तिमा फाल्गुण २५ सम्म अहिलेको सरकारलाई नै निरन्तरता दिने  भएको छ।  पुस १० को सहमति अनुसार नै  प्रचण्डलाई प्रधानमन्त्री नियुक्ति गर्ने हस्ताक्षर गर्ने दल र मतदानताहरुले एमालेले अगाडी सारेको राष्ट्रपतिलाई समर्थन गर्ने  विश्वास रहेको एक एमाले पदाधिकारी बताउछन। 

प्रचण्ड सरकार बन्दा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो । यी पार्टी मध्य राप्रपाले आज बिहान सरकारलाई दिएको समर्थन फिर्ता लिदै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको छ। 

फाल्गुण  २५ सम्म एमालेले भने आफ्नो उम्मेदवार नेम्वाङका लागि राष्ट्रपतिमा आफ्नै उम्मेदवार उठाएको नेपाली कांग्रेस बाहेक सबै दलको समर्थन खोज्ने प्रयास गर्ने छ भने प्रधानमन्त्री प्रचण्डसँग यहि बिचमा केहि समझदारी गरेर राष्ट्रपति आफ्नो पोल्टामा पर्ने प्रयास गर्नेछ। 

सचिवालयको बैठकपछि प्रचार विभाग प्रमुख तथा प्रवक्ता पृथ्वीसुब्बा गुरुङले  ‘हिजोको निर्णयले पहिलाको सहमतिमा थोरै तलमाथि भएको मात्रै हो। फागुन २५ गतेसम्म धेरै कुरा पाक्छ होला नि। हामी त्यसमा अब लाग्छौँ " भन्ने विचार बाट पनि अझै राष्ट्रपति अझै आफ्नो हुनेमा एमालेले खेल्ने सम्भावना राखेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको