Like us!
Follow us!
Connect us!
Watch us!

राप्रपा तत्काल प्रदेश १ सरकारबाट नबाहिरिने

अर्थ संसार

आइतबार, १४ फागुन २०७९, ११ : ३९ मा प्रकाशित

राप्रपा तत्काल प्रदेश १ सरकारबाट नबाहिरिने

राप्रपाले प्रदेश १ मा तत्काल सरकारबाट नबाहिरिने भएको छ । संघिय सरकारमा फेरबदल भएसँगै संघ र प्रदेश सरकारबाटसमेत बाहिरिने निर्णय गरको राप्रपा प्रदेश १ मा भने तत्काल सरकारबाट नबाहिरिने भएको हो ।

राप्रपाको (हिजो) शनिबार बसेको केन्द्रिय कार्यसम्पादन समिति र संसदीय दलको बैठकको निर्णय लगत्तै संघ र वागमती प्रदेश सरकारका मन्त्रीहरुले राजिनामा बुझाइसकेका छन् । केन्द्रको परिस्थिति जे भएपनि प्रदेश १ को परिस्थिति फरक भएकाले पार्टी भित्र छलफल गरेर मात्रै सरकारबाट छाड्ने की नछाड्ने निर्णय गर्ने राप्रपा नेताहरूले बताएका छन् । सरकारका विषयमा निर्णय गर्न राप्रपाले आज प्रदेश कमिटीको बैठक पनि बोलाएको छ ।

राप्रपाले प्रदेश १ मा कृषि तथा सहकारी मन्त्रालय पाएको छ । राप्रपाको प्रदेश १ मा छ सीट रहेको छ । गत पुस २४ गते हिकमत कार्कीको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो । प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा माओवादी केन्द्र, राप्रपा र जसपा सरकारमा सहभागी छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको