Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर लाइसेन्स र नयाँ स्टक एक्सचेञ्जको मुद्धा छिनाेफानाे हुन अझै ढिलाई

अर्थ संसार

सोमबार, १५ फागुन २०७९, १६ : २५ मा प्रकाशित

ब्रोकर लाइसेन्स र नयाँ स्टक एक्सचेञ्जको मुद्धा छिनाेफानाे हुन अझै ढिलाई

ब्राेकर लाइसेन्स, नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी मार्केटकाे लाइसेन्स वितरणको कार्य रोक्न माग गरिएको मुद्धाकाे आज सर्वाेच्च सुनुवाई भएकाे छ । आज न्यायधीशद्वय इश्वर खतिवडा र हरि प्रसाद फुयालको संयुक्त इजलाशमा उक्त रिटको सुनुवाई भएको थियो । तर सर्वाेच्च अदालतले यस मुद्धामा आज पनि अन्तिम आदेश भने दिएन । याेसँगै अक्त रिटको टुंगो लाग्न अझै केही समय लाग्ने भएकाे छ ।

अब अदालतले यो मुद्दाको सुनुवाईको लागि अर्को मिति तोक्नेछ ।

अधिवक्ता दिपक विक्रम मिश्रले असोज ३१ गते धितोपत्र बोर्डले अगाडी बढाएको लाईसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए  ।  रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय , अर्थ मन्त्रालय , नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई विपक्षी बनाइएकाे छ ।

साे रिटमाथी कार्तिक ४ गते, शुक्रबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाशले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै लाइसेन्स वितरणको कार्य तत्काल अगाडी नबढाउन आदेश दिएको थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको