Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप ४ कम्पनीकाे बाेनस सेयर सूचिकृत, बजारले पौडेलको बर्हिगमन पचायो

अर्थ संसार

मंगलबार, १६ फागुन २०७९, ०५ : २४ मा प्रकाशित

सोमबार दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ :

१. सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि कुल ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा फागुन ३० गते गतेसम्म ढीलोमा चैत्र १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

२. साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको ५६ औँ वार्षिक साधारण सभा चैत्र १० गते आर्मी अफिसर्स क्लब भद्रकाली काठमौडौमा दिनको १२ः१५ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि समेत गरी ५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २६ गतेदेखि चैत्र १० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।    

३. मोदी इनर्जी कम्पनी लिमिटेडले नेपाल धिताेपत्र बाेर्डबाट  आईपीओ निष्कासन गर्ने अनुमति पाएकाे छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल २ करोड ९० लाख कित्ता आइपीओ निष्कासन गर्न सेबाेनबाट अनुमति पाएको हो ।  कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

४. प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन १७ गतेदेखि एकीकृत कारोबार सुरू गर्ने भएका छन् । मर्जरपश्चात सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नाममा एकिकृत कारोबार हुन लागेको हो ।  यी दुइ कम्पनी १:१ को स्वापमा मर्ज भएका हुन्  ।

५. नेकपा एमालेले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ । आज (सोमबार) बसेको सचिवालयको आकस्मिक बैठकपछि नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हाे । 

६. सेयर बजारले अर्थमन्त्री विष्णु पौडेलको बर्हिगमन पचाएकाे छ । एमालेले सरकार छोड्ने निर्णय गरिसकेपछि सेयर बजारले राजनीतिक समीकरण र सरकार परिवर्तनको कुरालाई पचाएको आजकाे अन्तिम प्रहरमा देखिएकाे सेयर बजारकाे अवस्थाले पुष्टी गर्दछ । आज (सोमबार) नेप्से परिसूचक ३.६५ अंकले घटेर २०२३.५४ विन्दुमा आएको छ ।  यस दिन कुल २ सय ५९ वटा कम्पनीकाे ५१ लाख २० लाख हजार ८ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ८९ कराेड ३७ लाख ३६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

७. ब्राेकर लाइसेन्स, नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी मार्केटकाे लाइसेन्स वितरणको कार्य रोक्न माग गरिएको मुद्धाकाे आज सर्वाेच्च सुनुवाई भएकाे छ । आज न्यायधीशद्वय इश्वर खतिवडा र हरि प्रसाद फुयालको संयुक्त इजलाशमा उक्त रिटको सुनुवाई भएको थियो । तर सर्वाेच्च अदालतले यस मुद्धामा आज पनि अन्तिम आदेश भने दिएन । याेसँगै अक्त रिटको टुंगो लाग्न अझै केही समय लाग्ने भएकाे छ ।

८. साेमबार नेप्सेमा थप ४ कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । सोल्टी होटलकाे ५ प्रतिशत बाेनस बापतकाे  ४२ लाख १३ हजार ५३३ कित्ता, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बाेनस बापतकाे १२ लाख कित्ता, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बाेनस बापतकाे ११ लाख ५७ हजार ६ सय ९६ कित्ता र प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको १४.२५ प्रतिशत बोनस बापतकाे १७ लाख ४९ हजार ४ सय ५१ कित्ता बाेनस सेयर नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएकाे हाे ।

९.  नेप्सेमा २ लघुवित्तकाे मूल्य समायाेजन भएकाे छ ।  ग्लोबल आइएमई लघुवित्तकाे १२ प्रतिशत बाेनसपछि नेप्सेले प्रतिकित्ता ८ सय ९५ रूपैयाँ ९८ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ । त्यसैगरी, आदर्श लघुवित्तको २० प्रतिशत बाेनसपछि नेप्सेले प्रतिकित्ता एक् हजार ३ सय ७५ रूपैयाँ कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।

१०. सुनकाे भाउ निरन्तर ओरालाे यात्रामा छ । साेमबार पनि सुन ताेलामा २ सय रुपैयाँले घटेर प्रतिताेला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएकाे छ । सोमबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँ कायम भएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको