Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल आयल निगमले भन्यो– इन्धनको मूल्य यथावत् रहन्छ

अर्थ संसार

विहीबार, १८ फागुन २०७९, १० : ४७ मा प्रकाशित

नेपाल आयल निगमले भन्यो– इन्धनको मूल्य यथावत् रहन्छ

नेपाल आयल निगमले इन्धनको मूल्य यथावत् राख्ने जनाएको छ । निगमले हिजो (बुधबार) विज्ञप्ति जारी गर्दै भारतबाट पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटेर आए पनि ग्याँसको मूल्य अत्यधिक बढेर आएकाले अहिलेलाई इन्धनको मूल्य यथावत् राख्ने जनाएको हो ।

बुधबार नै  निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल प्रतिलिटर १ रूपैयाँ २१ पैसा, डिजेल ५ रूपैयाँ ५ पैसा, मट्टितेल ३ रूपैयाँ ४० पैसा र हवाई इन्धन ७ रूपैयाँ ३ पैसा घटाएर नयाँ सूची पठाएको थियो तर ग्याँसमा भने प्रतिसिलिण्डर ३३९ रूपैयाँ ६ पैसा बढेर आएको निगमले जनाएको छ ।

अब ग्याँसमा मात्रै प्रतिसिलिण्डर ६३५ रूपैयाँ नोक्सान रहेको निगमले जनाएको छ । निगमकाे भनाइमा  सरकारलाई तिर्नुपर्ने ऋण र आईओसीलाई तिर्नुपर्ने बक्यौता १६ अर्ब छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको